News खेल

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : एपिएफ एक खेल अगावै सेमिफाइनलमा

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : एपिएफ एक खेल अगावै सेमिफाइनलमा


काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय  क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा एपिएफले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित ग-यो ।  टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४१ ओभर २ बलमा अलआउट हुँदै १२५ रन बनाएको थियो । गण्डकीका लागि दिपेश श्रेष्ठले सर्वाधिक २७ रन बनाए ।


एपिएफको यो लगातार तेस्रो जित हो । जितसँगै एपिएफले एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

गण्डकीले दिएको १ सय २६ रनको लक्ष्य एपीएफले २३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । एपीएफको जितमा शरद भेषवाकरले सर्वाधिक ३५ रन बनाए । यस्तै प्रदिप सिंह ऐरीले ३३, आसिफ शेखले २० रनको योगदान दिए । यस्तै आकाश थापाले १९, बिपिन खत्रीले १७,अनिल गुरुङले ११, किशोर महत्व १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । गण्डकीका दिपेश श्रेष्ठले ३ तथा किशोर महतोले १ विकेट हात पारे ।

एपीएफका भुवन कार्कीले ३ विकेट हात पारे । यस्तै अमर सिंह रट्यौला, यज्ञमान कुमाल र शरद भेषवाकरले समान २,२ विकेट हात पारे ।

३ खेलमा ३ जित हात पारेको एपीएफले ६ अंक जोडेको छ । र, एपीएफ समूह ुएु को शीर्ष स्थानमा उक्लिएको छ । 
 

विशेष