मोदीको मन्त्रिपरिषद्, करिअर डिप्लोम्याट एस जयशंकर विदेशमन्त्री (सूचीसहित)
काठमाडौँ । दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार मन्त्रिपरिषद् बिस्तार गरेका छन् । बिहीबार साँझ प्रधानमन्त्रीको सपथ लिएका मोदीले शुक्रबार केही मन्त्रीहरुको नाम सार्वजनिक गरेका हुन् ।
नवनिर्मित मन्त्रिमण्डलमा भारतीय जनता पार्टीका अध्यक्ष अमित साहलाई गृह मन्त्रालय र पूर्वविदेश सचिव एस जयशंकरलाई विदेश मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसअघिका गृहमन्त्री राजनाथ सिंहलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । अर्थमन्त्रीमा निर्मला सीतारमण नियुक्त भएकी छिन् ।
यस्तो छ कार्यविभाजन
विदेश मन्त्रालय : एस जयशंकर
वित्तमन्त्री : निर्मला सीतारमण
रक्षा मन्त्री : राजनाथ सिंह
स्वास्थ्य, विज्ञान एवम् प्रविधि, पृथ्वी विज्ञान मन्त्री : हर्षवर्धन
महिला एवम् बाल विकास मन्त्री : स्मृति ईरानी
सडक परिवहन मन्त्री : नीतिन गडकरी
रेल मन्त्रालय एवं वाणिज्य मन्त्रालय : पियुष गोयल
पेट्रोलियम मन्त्रालय, इस्पात मन्त्री : धर्मेन्द्र प्रधान
कानुन मन्त्री : रविशंकर प्रसाद
कृषि मन्त्री : नरेन्द्र सिंह तोमर
रसायन एवम् उर्वरक मन्त्रालय : डी सदानन्द गौडा
अल्पसंख्यक मामिला मन्त्री : मुख्तार अब्बास नकवी
खाद्य एवम् आपूर्ति मन्त्री : रामविलास पासवान
कौशल विकास मन्त्रालय : महेन्द्र नाथ पान्डेय
खाद्य प्रसंस्करण उद्योग मन्त्री : हरसिमरत कौर बादल
सामाजिक न्याय र अधिकारिता मन्त्री : थावर चन्द गहलोत
जनजातीय मामिला मन्त्री : अर्जुन मुन्डा
सूचना एव प्रसारण मन्त्री, पर्यावरण मन्त्री : प्रकाश जावडेकर
संसदीय मामिला, कोइला मन्त्री एवम् उत्खनन मन्त्री : प्रलहाद जोशी