मुख्यमन्त्रीलाई खराउ उपहार !

मुख्यमन्त्रीलाई खराउ उपहार !

भगवान श्रीकृष्णले आफ्नो गरिब साथी सुदामाबाट सहर्ष कनिका स्वीकारेको कथा प्रचलित छ । यसैगरी भगवान श्रीरामले सबरीको जुठो बयर पवित्रसंग ग्रहण गरेका थिए । अध्यात्मको यी प्रसंग मिल्दो जुल्दो घटना उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाको जीवनमा दोहोरिएको छ । 

रिमझिम शर्मा ७ वर्षकी बालिका । उनका पिताजी काठका मिस्त्री थिए । उनले योगी आदित्यनाथलाई समर्पण गरेर एकजोर काठको खराउ बनाएका थिए । योगीलाई खराउ दिन नपाउँदै दुर्भाग्यवश करेन्ट लागेर केही समयअघि उनको देहान्त भयो । रिमझिमकी आमाको यसअघि नै मृत्यु भइसकेको थियो । 

बाबुको नासो रिमझिमले मुख्यमन्त्री आदित्यलाई दिन चाहेको खबर भारतीय पत्रिकामा छापियो । कोही कसैले सुझाव दिएको पनि होइन । मुख्यमन्त्री स्वयंका आँखा यो खबरमा परे । उनले तत्काल पत्रिकाको कार्यालयमार्फत सम्पर्क स्थापित गरेर ती बच्चीलाई मुख्यमन्त्री कार्यालय झिकाए । 

आफ्ना लागि बनाएको खराउ सहर्ष ग्रहण गर्दै बालिकाको सम्पूर्ण पढाई खर्च  व्यक्तिगत व्यहोर्ने घोषणा मात्र गरेनन, उनको बैंक खाता खोली भारतीय पाँच लाख रुपियाँ जम्मा गरिदिए । 


 

श्रीकृष्ण काठको खराउ

संम्बधित खबर

विशेष