News

उपरथी खरेल युएनडीओएफको मिसन प्रमुखमा नियुक्त

उपरथी खरेल युएनडीओएफको मिसन प्रमुखमा नियुक्त

काठमाडौं । नेपाली सेनाका उपरथी शिवराम खरेल संयुक्त राष्ट्र संघको सिरिया र इजरायलको बोर्डरमा रहेको डिसइन्गेजमेण्ट अवजर्भर फोर्स (युएनडीओएफ) को निमित्त मिसन प्रमुख तथा फोर्स कमाण्डरमा नियुक्त भएका छन् । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले उपरथी खरेललाई निमित्त मिसन प्रमुख तथा फोर्स कमाण्डरमा नियुक्त गरेको घोषणा गरेका हुन्। युएनडीओएफको मिसन प्रमुखको रुपमा कार्यरत रहनु भएका घानाका मेजर जनरल फ्रान्सिस संजीरीको निधन भएपछि उपरथी खरेललाई मिसन प्रमुखको रुपमा घोषणा गरेको संयुक्त राष्ट्र संघले जनाएको छ ।

 

नेपाली सेनाभित्र ब्यवसायिक सैनिक अधिकृतको रुपमा चिनिएका उपरथी खरेल यस अघि संयुक्त राष्ट्रसंघको लेवनानस्थित युनिफिल मिसनको डेपुटी फोर्स कमाण्डरको रुपमा काम गरिसकेका छन् ।  उपरथी खरेलले यस अघि संयुक्त राष्ट्र संघकालागि अफगानिस्तानमा स्टाफ अधिकृतको रुपमा काम गरेका थिए । उनले संयुक्त राष्ट्र संघ अन्र्तगत वेष्टन साहारा, कोन डेमोक्रेटिक रिपब्लिकमा समेत सेवा गरिसेका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो 

नेपाली सेना शिवराम खरेल

विशेष