मोदीको दोस्रो कार्यकालमा को–को बने मन्त्री?

मोदीको दोस्रो कार्यकालमा को–को बने मन्त्री?

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ ७ बजे दोस्रोपटक प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् । ६८ वर्षीय मोदीले राष्ट्रपति रामनाथ कोबिन्दबाट राजधानी नयाँदिल्लीस्थित राष्ट्रपति भवनको प्रांगणमा आयोजित एक भव्य समारोहमा १५औँ प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथग्रहण समारोहमा शीर्ष नेता, विदेशी अतिथिलगायत विशिष्ट व्यक्तिहरू सहभागी थिए ।

 

शपथ लिनुअघि मोदीले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पगुच्छा अर्पण गरेका थिए । त्यसलगत्तै मोदीले पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको समाधिस्थल पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको नेसनल डेमोक्र्याटिक एलायन्स (एनडिए) हालै सम्पन्न निर्वाचनमा ३५२ सिट ल्याएर अत्यधिक बहुमतले विजयी भएको थियो भने भाजपा एक्लैले ३०३ सिट ल्याएको थियो ।  
 


को–को बने मन्त्री?
मन्त्रिमण्डलमा राजनाथ सिंह, अमित साह, नीतिन गडकरी र सदानन्द गौडा छन् । त्यस्तै, रामविलास पासवान, निर्मला सीतारमण, नरेन्द्रसिंह तोमर, रविशंकर प्रसाद, हरसिमरत कौर बादल, थावरचन्द गहलोत, एस जयशंकर, रमेश पोखरियाल निशंक, अर्जुन मुन्डा, स्मृति इरानी, डा. हर्षवर्धन, प्रकाश जावडेकर र पियुष गोयल मन्त्रिमण्डलमा रहेका छन् । त्यसैगरी, धर्मेन्द्र प्रधान, मुख्तार अब्बास नकवी, प्रह्लाद जोशी, महेन्द्रनाथ पाण्डेय, अरबिद सावन्त, गिरिराज सिंह र गजेन्द्रसिंह शेखावत पनि नयाँ मन्त्रिपरिषद्मा रहेका छन् । त्यस्तै, २४ जना राज्यमन्त्रीले पनि शपथ लिएका छन् । 

संम्बधित खबर

विशेष