News

नेपाल प्रहरीलाई ‘नेसनल आइसिटी अवार्ड’

नेपाल प्रहरीलाई ‘नेसनल आइसिटी अवार्ड’

काठमाडौं । नेपाल प्रहरीलाई ‘नेसनल आइसिटी अवार्ड २०१९’ प्रदान गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई उक्त अवार्ड प्रदान गरेका हुन् । 

 

सार्वजनिक सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी प्रयोगको मूल्यांकनका आधारमा नेपाल प्रहरीलाई सो अवार्ड दिइएको हो । नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्न तथा अपराध न्यूनीकरणमा गर्न सन् २०१८ र ०१९ मा सूचना प्रविधिको उच्चतम प्रयोगबाट विद्युतीय सुशासन कायम राखी उच्चस्तरको सार्वजनिक सेवा प्रदान गरेको अवार्डमा उल्लेख छ ।

 

यसअघि नेपाल प्रहरीले गत कात्तिक ०७४ मा अन्तर्राष्ट्रियस्तरको ‘अशोसियो २०१८ डिजिटल गभर्मेन्ट अवार्ड’ तथा गत भदौमा जापानमै डिजिटल गभर्नेन्स अवार्ड’ प्राप्त गरेको थियो ।

नेपाल प्रहरी गोकुलप्रसाद बाँस्कोटा सर्वेन्द्र खनाल

विशेष