रहेनन् व्यवसायी राणा

काठमाडौं : नेपालको प्रसिद्ध सोल्टी होटलका संस्थापक प्रभाकर शम्शेर राणाको ८४ वर्षको उमेरमा निधन भएको छ । नशासम्बन्धी रोगको उपचारका क्रममा उनको अमेरिकामा निधन भएको हो ।
होटल सोल्टीका अतिरिक्त सूर्य नेपाल, सिप्रदी अटोमोबाइल्स, अमरावती, भोटेकोशी हाइड्रोपावर, बैंक तथा वित्तीय संस्थाहरूमा उनको लगानी छ । पूर्वराजा ज्ञानेन्द्र शाहका भरपर्दा व्यापार साझेदार मानिने राणा कम चर्चामा आउन चाहने व्यवसायीमा पर्छन् । उनका एक छोरा छन् ।