ओली- मोदी भेटवार्ता : के भयो कुराकानी ?
काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्धिपक्षीय भेटवार्ता भएको भएको छ । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुवै प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री ओलीले मोदीलाई दोस्रो कार्यकालका लागि बधाई तथा शुभकामना दिएका थिए।
भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितबारे कुराकानी भएको विदेश मन्त्रालयका प्रवक्ता रभिस कुमारले आफ्नो ट्वीटरमा उल्लेख गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालयको सपथग्रहण कार्यक्रममा सहभागी हुन ओली बिहीबार नयाँदिल्ली पुगेका थिए । राष्ट्रपति निवासमा बिहीबार साँझ सपथग्रहणमा सहभागी भएपछि ओली भारतीय राष्ट्रपतिले आयोजना गरेको रात्री भोजमा सरिक भएका थिए ।
भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सपथग्रहणमा सहभागी हुन बिमस्टेक सदस्य राष्ट्र नेपाल, भुटान, श्रीलंका, बंगलादेश, म्यानमार र थाईल्याण्डका सरकारप्रमुखलाई निम्तो दिएका थिए । बिमस्टेकका अलावा मौरिसस र किर्गिस्तानका सरकारप्रमुख पनि मोदीको सपथ ग्रहणमा सहभागी भएका थिए।
सपथग्रहणमा सहभागी हुन आएका बिभिन्न देशका सरकारप्रमुखसँग मोदीले शुक्रबार बिहानबाट भेटवार्ता सुरु गरेका हुन् । मोदीले सबैभन्दा पहिला किर्गिस्तानका राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए। त्यसपछि श्रीलंकाका राष्ट्रपति र मौरिससका प्रधानमन्त्रीसँग पनि मोदीले भेटवार्ता गरेका थिए। भेटमा प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् भने उपहारस्वरुप रुद्राक्षको माला दिएका छन् ।
केपी शर्मा ओली नरेनद्र मोदी