News

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा साढे ३ सय बिघा जंगल हडप्ने भूमाफियाको तयारी

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा साढे ३ सय बिघा जंगल हडप्ने भूमाफियाको तयारी

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने सशस्त्र प्रहरी बल जवान तालिम शिक्षालय र गुल्मसहित जंगल क्षेत्रको साढे ३ सय बिघा जमिन भूमाफियाले कब्जामा लिने प्रयास गरेको खुलासा भएको छ। भूमाफियाले अदालतलाई समेत प्रभावमा पारेर सो जंगल क्षेत्रको जग्गा आफ्नो नाममा पार्ने अन्तिम तयारी गरिरहेको खुलासा भएको हो। 

 

महेन्द्र राजमार्गसँगै जोडिएको खर्बौँ मूल्य पर्ने ३ सय ४८ बिघा जमिन आफ्नो नाममा दर्ता गरिदिन सर्वोच्च अदालतको आदेशसहित दमक मालपोत कार्यालयमा निवेदन पेस गरेपछि प्रधानमन्त्री निर्वाचित क्षेत्रमा समेत भूमाफियाको दबदबा रहेको पाइएको हो। यो समाचार आजको राजधानी दैनिकबाट लिइएको हो ।

केपी शर्मा ओली झापा भूमाफिया

विशेष