पुरुषको वर्चस्व रहेको ‘बाउन्सर’ पेसामा महिलाको प्रवेश
काठमाडौं । ज्ञानु आचार्य बाउन्सर हुन् । ठमेलको इबिजा लाउन्ज एन्ड बार डिस्को थेगमा काम गर्छिन् । बाउन्सर बनेको पाँच महिना मात्र भयो । आफ्नो काममा मजा लिइरहेकी छिन् । पुरुष बाउन्सर मात्र देखिरहेका अधिकांश उनलाई देखेर अचम्म मान्छन् । प्रायः रात्रिकालीन मनोरञ्जनस्थलमा बाउन्सर राखिन्छ । मनोरञ्जन दिनकै लागि खोलिएका रेस्टुरेन्ट एन्ड बार, गजल बार, डान्स रेस्टुरेन्ट, डिस्को थेग, लाइभ ब्यान्डजस्ता संस्था धेरै छन् । यी ठाउँमा मदिराको खपत राम्रै हुन्छ । झै–झगडा पनि उस्तै । बाउन्सरको काम भनेकै शान्ति कायम गर्नु हो । त्यसैले यस्तो काममा पुरुषकै वर्चस्व छ ।
तर, यो क्षेत्रमा महिलाको पनि प्रवेश हुन थालेको छ । ठमेलमा मात्रै करिब दुई सयको संख्यामा लाउन्ज एन्ड बार, दोहोरी, डान्स बारजस्ता मनोरञ्जन प्रदान गर्ने व्यवसाय छन् । तीमध्ये केहीमा महिला बाउन्सर छन् । तिनैमध्येकी हुन्, ज्ञानु आचार्य । अर्घाखाँचीकी ज्ञानु चार वर्षअघि मात्र काठमाडौं आएकी हुन् । उनी सानैदेखि पुरुषले मात्र गर्ने भनिएका काम पनि गर्थिन् । त्यसैले उनी मार्सलआर्टतिर आकर्षित भइन् । उनी ब्ल्याकबेल्ट हुन् । आफूलाई महिला कमजोर हुन्छन् भन्ने कहिल्यै नलागेको उनी बताउँछिन् ।
काठमाडौं आएपछि उनी पढ्दै जागिर खान थालेकी थिइन् । पहिला त उनले एउटा फाइनान्सको मार्केटिङ विभागमा काम गरिन् । कहिलेकाहीँ साथीहरूसँग डिस्को थेग जाँदा बाउन्सर देखेकी थिइन् । उनलाई पनि त्यस्तो काम गर्ने रुचि थियो । तर, महिलालाई बाउन्सर बनाउँछन् भन्ने थाहा थिएन । यस सम्बन्धि विस्तृत समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
महिला–पुरुष बाउन्सर