News

कपिलवस्तुमा जीप दुर्घटना, एक जनाको मृत्यु

कपिलवस्तुमा जीप दुर्घटना, एक जनाको मृत्यु

दाङ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शिवराज नगरपालिका–१ मा दाङबाट चन्द्रौटा तर्फ जाँदै गरेको बा १४ च ८४४५ नम्बरको कार दुर्घटना हुँदा दाङका व्यवसायी तिर्थ आचार्यको मृत्यु भएको हो ।

 

मृत्यु हुने आचार्य घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी हुन् । दुर्घटनामा परी लमही–८ सतबरीया निवासी २७ वर्षीय अनिलकुमार चौधरी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । घाइते चौधरी उपचारको लागि बुटवल लगिएको छ । कार अनियन्त्रित भएर खोलामा खसेको प्रहरीले जनाएको छ ।

जीप दुर्घटना पूर्व–पश्चिम राजमार्ग

विशेष