पाकिस्तानले अल्पसंख्यकमाथिको अत्याचार बन्द नगरे आर्थिक सहायता कटौती गर्ने इयुको चेतावनी
एजेन्सी । युरोपियन यूनियन (ईयू) ले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पाकिस्तानमा अल्पसंख्यक समुदायमाथि भइरहेको अत्याचार नरेके आफूले दिँदै आएको आर्थिक सहायता बन्द गरिदिने चेतावनी दिएको छ ।
यूरोपियन संसदका ५१ सदस्यले लिखीत पत्रका माध्यमबाट इमरानसँग तत्कालै पाकिस्तान सरकारलाई पक्षपातपूर्ण व्यवहार परिवर्तन गर्नका लागि भनेको हो । यदि यस्तो नभएमा कारोबारको मामलामा पाकिस्तानलाई दिदैँ आइरहेको सहायता बन्द रोकिदिने बताइएको छ ।
धार्मिक चरमपन्थी संगठनले पाकिस्तान सरकारको प्रोत्साहनमा काम गरिरहेको र त्यसको प्रभाव लगातार बढिरहेको भन्दै ईयूले यस संगठनले लागातार अल्पसंख्यक समुदायको पूजास्थल, घर र काम गर्ने स्थानलाई निशाना बनाउँदै आइरहेको बताएको छ ।
यस्तो लगातार अल्पसंख्यक माथि भइरहेको आक्रमणको घटनाबाट पाकिस्तानले संयुक्त राष्ट्रसंघको मानवअधिकार घोषणापत्र (यूडीएचआर) सम्झौताको उल्लघंन गरेको भन्दै यसलाई रोक्नका लागि चेतावनी दिएको छ ।