News

हावाले सगरमाथा आधार शिविरका डेढ दर्जन टेन्ट उडायो

हावाले सगरमाथा आधार शिविरका डेढ दर्जन टेन्ट उडायो

सोलुखुम्बु । हावाहुरीले सगरमाथाको आधार शिविरबाट डेढ दर्जन पाल उडाएको छ । समुन्द्री चक्रवात फानी र पश्चिमी वायुका कारण बिहीबार बेलुका र शुक्रबार बिहान आएको हावाहुरीले क्याम्प टु र थ्रीमा रहेका पाल उडाएको नाम्चेबजारबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए । क्याम्प टुमा हुरीले केही पाल उडाए पनि मानवीय क्षति भने नभएको उनको भनाइ छ । 

 

झन्डै ६ हजार दुई सय मिटरको उचाइमा रहेको क्याम्प टुमा चुचुरोमा पुग्ने बेलाका लागि आवश्यक खाद्यान्न, अक्सिजन सिलिन्डर र अन्य बन्दोबस्तीका सामान भण्डारण गरिएको हुन्छ । सामाग्री राखिएको टेन्ट उडाएकाले मानवीय क्षति हुन नपाएको सम्पर्क अधिकृत श्रेष्ठले बताए । यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।  

सगरमाथा पश्चिमी वायु आधार शिविर चक्रवात फानी

विशेष