News रोजगार

स्थानीय तहले मागे १० हजार कर्मचारी, वैशाखभित्रै लोकसेवाले भर्ना खोल्ने

स्थानीय तहले मागे १० हजार कर्मचारी, वैशाखभित्रै लोकसेवाले भर्ना खोल्ने

काठमाडौं । देशभरका ७५३ स्थानीय तहमध्ये पाँच सय स्थानीय तहले झण्डै १० हजारको संख्यामा कर्मचारी माग गरेका छन् । ती स्थानीय तहले केन्द्रीय लोकसेवा आयोगमार्फत पदपूर्ति गरिदिन आग्रह गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा माग आकृति फारममार्फत् रिक्त कर्मचारीको विवरण पठाएका हुन् ।

 

माग भइ आएका पदमा विभिन्न सेवा समूहका खरिदार, नायब सुब्बा र अधिकृत स्तरका वढी छन् । देशभरका स्थानीय तहमा विभिन्न पदमा झण्डै १६ हजार कर्मचारी दरबन्दी रिक्त छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वैशाख महिनाको अन्त्यसम्ममा ठूलो संख्यामा कर्मचारी भर्ना खुल्ने बताएका छन् । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।

स्थानीय तह लोकसेवा आयोग

विशेष