विमानमा आगलागी हुँदा रुसमा ४१ जनाको मृत्यु

एजेन्सी । रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी हुँदा ४१ जनाको ज्यान गएको छ । मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजेट–१०० विमानमा आगलागी हुँदा ४१ जनाको ज्यान गएको हो ।
विमानमा कुल ७८ यात्रु र चालक दलका ५ सदस्य पनि थिए । अस्पतालमा उपचाररत ६ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उडेको केहीबेरमै प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर आकस्मिक अवतरण गराइएको थियो । अवतरण गर्दागर्दै विमानको इन्जिनमा आगो लागेको थियो ।