News

१५ लाखमा सम्बन्धविच्छेद गर्न वडाध्यक्षको दबाब

१५ लाखमा सम्बन्धविच्छेद गर्न वडाध्यक्षको दबाब

सिरहा । पतिकातर्फबाट अदालतमा सम्बन्ध–विच्छेदको मुद्दा चलिरहँदा सिरहाको लहान नगरपालिका–५ मा जातीय अगुवाले एक मलिलालाई १५ लाख ५१ हजार रुपैयाँ लिएर अलग हुन दबाब दिएका छन्। ती महिलालाई सम्बन्धविच्छेद गराउन दबाब दिनेमा सप्तरी सुरुंगा नगरपालिका–१० का वडाध्यक्ष छुतहरु मुखिया (सहनी) र सहनी समाजका १४ गाउँका मान्यजन र अगुवा छन् । 

 

शनिबारदेखि भेला भएका अगुवाले दीपककी पत्नी ममता सहनीलाई रकम लिएर सम्बन्ध विच्छेद गर्न दबाब दिएका हुन्। ममता पतिसँगै बस्न चाहन्छिन्। तर, पत्नीको चरित्र ठिक नभएको भन्दै दीपक सम्बन्ध विच्छेदको अडानमा छन्। ममताका ३ वर्ष र ६ महिनाका दुई छोरी छन्।

 

शनिबार भेला भएका अुगुवा छलफलमा दीपकले पत्नीलाई रकम दिन पाँच दिनको समय मागेका छन्। त्यो सयम कुर्न अगुवाहरु तयार भएनन्। ममताले तीन वर्षदेखि पतिबाट अनेकौँ पीडा खेप्नुपरेको सुनाइन् । ‘न्याय माग्दै छु। तर, मेरो पीडा सुन्ने र पतिसँगै बस्ने व्यवस्था मिलाउन अगुवा तयार छैनन्,’ उनले भनिन्। यो समाचार अन्नपूर्ण पोष्ट दैनिकबाट लिइएको हो । 

सिरहा सम्बन्ध–विच्छेद

विशेष