News

३ लाख रुपैयाँका लागि बाबुले राखे छोरो बन्धकी

३ लाख रुपैयाँका लागि बाबुले राखे छोरो बन्धकी

काठमाडौं । पैसाका लागि आफ्नै बाबुले छोरालाई बन्धकी राखेका छन् । इँटाभट्टामा बन्धकी राखिएका ११ वर्षीय भारतीय बालकको सोमबार सप्तरी प्रशासनले उद्धार गरेको छ । आसाम राज्यस्थित धु्रवी जिल्लाका स्माइल एसकेले तीन लाख रुपैयाँका लागि ११ वर्षीय छोरा मोहिबुललाई सप्तरीको विष्णुपुर गाउँपालिका, वरही वीरपुरस्थित रतन इँटा उद्योगमा बन्धकी राखेका थिए । इँटा उद्योगमा भारतीय श्रमिक उपलब्ध गराउने स्माइलले रतनका लागि पनि श्रमिक ल्याइदिने भन्दै छोरो बन्धकी राखी पैसा लिएका थिए । माघमा छोरो छाडेर गएका स्माइल फर्केर नआएपछि मोहिबुल अलपत्र परेका थिए ।

 

प्रहरीद्वारा उद्धार
मोहिबुललाई इँटाभट्टाबाट निकालेर सुनसरीको इटहरीस्थित बाल हेल्पलाइनको संरक्षणमा पठाइएको सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले जानकारी दिए । ‘बालक समस्यामा परेको निकै समयपछि हामीले जानकारी पायौँ । तर, अभिभावक लिन नआउने र संरक्षण गर्ने निकायको पनि सहजता नभएकाले उद्धारमा समय लाग्यो,’ पौडेलले भने ‘बाल हेल्पलाइन भन्ने संस्था बालकको संरक्षण गर्न तयार भएपछि त्यहाँ पठाइएको हो ।’ यो समाचार–फोटो आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

सप्तरी बन्धकी

विशेष