News

श्रीमान्–श्रीमतिबीच भएका जुनसुकै कुरा प्रमाण नहुने

श्रीमान्–श्रीमतिबीच भएका जुनसुकै कुरा प्रमाण नहुने

काठमाडौं । पति वा पत्नीबीच भएका जुनसुकै कुरा प्रमाणका रूपमा लिन नमिल्ने भएको छ । तर, पति वा पत्नीले स्वीकृति दिएमा भने त्यसलाई प्रकट गर्न वा प्रस्तुत गर्न मिल्नेछ । मूल ऐनको दफा ४१ मा यस्तो प्रावधान राखिएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय संसद् सचिवालयमा दर्ता गरेको प्रमाण ऐन–२०३१ लाई संशोधन गर्न बनेको विधेयकमा यस्ता केही विषय सच्याइएको छ ।

 

कानुनमन्त्री भानुभक्त ढकालले श्रव्य–दृश्य माध्यमबाट विद्युतीय अभिलेखमा उल्लेख भएका कुराहरू प्रमाणमा लिने तथा अदालतले श्रव्य–दृश्य संवादमार्फत मौखिक प्रमाण बुझ्न सक्नेलगायतका विषय समावेश गरी प्रमाण कानुनलाई समसामयिक बनाउन प्रमाण ऐन–२०३१ लाई संशोधन गर्न बनेको उक्त विधेयक ल्याइएको हो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकबाट लियएको हो ।

पति–पत्नी

विशेष