News

रातभरी कुर्दा पनि बेहुला नै नआएपछि...

रातभरी कुर्दा पनि बेहुला नै नआएपछि...

मोरङ । मोरङको रंगेली नगरपालिका–८ दर्वेशाका कमलप्रसाद साह हातमा छोरीको बिहेको निमन्त्रणा कार्ड लिएर न्याय खोज्दै प्रहरी प्रशासन धाइरहेका छन्। डेढ लाख नगद र एउटा मोटरसाईकल दाइजोका नाममा लिइसकेका बेहुला विवाहको दिन जन्ती लिएर नगएपछि उनी न्याय खोज्दै प्रहरीमा धाउन बाध्य भएका छन्।

 

कमलले छोरीको विवाह विराटनगर महानगरपालिका–१५ रानीका अजयकुमार साहसँग वैशाख ८ गते गर्ने पक्क गरेका थिए। त्यसै अनुसार कार्ड छापेर आफन्त र छरछिमेकलाई निम्तो पनि गरिसकेका थिए। विवाहको दिन उनी सबै तयारीसहित रातभरी बेहुला र जन्तीको प्रतिक्षामा बसे, तर कोही आएनन्। त्यसयता उनी आफूले दिएको डेढ लाख रुपैयाँ र मोटरसाइकल फर्काउन प्रहरी र प्रशासन गुहारीरहेका छन्। विवाहको दिन युवकले बेहुलीको मोबाइलमा ‘म तिमीसँग विवाह गर्दिन । मेरो अर्को केटी साथी छ,’ भनेर म्यासेज पठाएका बेहुलीका दाजु विजयले बताए। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।  

मोरङ कमलप्रसाद साह

विशेष