News

ललितानिवास प्रकरणः राजदूत पौडेल पनि मुछिए

ललितानिवास प्रकरणः राजदूत पौडेल पनि मुछिए

काठमाडौं । बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको करिब एकसय १४ रोपनी रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि मुछिएका छन् । भूमाफिया र व्यापारीको योजनाअनुसार गुठी संस्थान, मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट सरकारी जग्गा हिनामिना हुनेगरी भएका निर्णय प्रक्रियामा हाल चीनका लागि नेपाली राजदूतसमेत रहेका पौडेल पनि मुछिएका हुन् । 

 

सरकारी जग्गा हडप्न खडा गरिएको पशुपति टिकिन्छा गुठीका नक्कली मोहीलाई करिब साढे ३ रोपनीको लालपुर्जा दिनेसम्बन्धी निर्णय तत्कालीन मुख्यसचिव पौडेलको समेत संलग्नतामा भएको हो । यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

ललितानिवास प्रकरण लीलामणि पौडेल

विशेष