News

निकुञ्जका कर्मचारीले जलाए स्थानीयका ३१ घार माहुरी

निकुञ्जका कर्मचारीले जलाए स्थानीयका ३१ घार माहुरी

मुगु । स्थानीयबासीले मध्यवर्ती क्षेत्रको वनभित्र राखेका माहुरीका घारलाई निकुञ्जका कर्मचारीले नै आगो लगाए जलाएका छन्। ऋणमोक्ष मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अन्तर्गतको छायानाथ रारा नगरपालिका ७ को डावा रानीखाडा वन उपभोक्ता क्षेत्रको राताखोलामा वडा नम्बर ६ र ७ का स्थानीयबासीले संयुक्तरुपमा राखेका माहुरीको घार रारा राष्ट्रिय निकुञ्ज बुलबुले पोस्टका कर्मचारीले गत शुक्रबार माहुरीसहित आगो लगाएर जलाइदिएका हुन्।

 

माहुरीका घार राखिएको स्थान निकुञ्ज क्षेत्र भन्दा बाहिर मध्यवर्ती क्षेत्रमा पर्ने स्थानीयबासीको भनाइ छ। यो स्थानमा असोज कात्तिकमा पिना र कोटीला गाउँका स्थानीयले भेडा बाख्रा राख्ने गरेका थिए। रारा राष्ट्रिय निकुञ्जका कर्मचारीले उक्त स्थानमा बनाएका भेडीगोठ हटाउन भनेपछि स्थानीयले भेडीगोठ अन्तै सारेका थिए।

 

शुक्रबार बुलबुले पोस्टबाट आएका निकुञ्जका दुई कर्मचारीले भेडीगोठसहित उक्त स्थानमा राखिएका  छाँयानाथ रारा नगरपालिका–७ पिना गाँउका जानदेवी बम र वडा नम्बर ६ कि राजदेवी ऐडिका माहुरी घारलाई आगो लगाएर जलाएको छायानाथ रारा नगरपालिका–७ का वडाध्यक्ष हरिचन्द्र शाहीले बताएका छन्। आगो लगाएर जलाएका जानदेवी बमका २४ र राजदेवी ऐडिका ७ गरी ३१ घारमा माहुरी थिए। नजलाएको हुन्थ्यो भने कात्तिक महिनामा मह संकलन गरिन्थ्यो। यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो । 

निकुञ्ज कर्मचारी घार माहुरी

विशेष