News

छोरी बलात्कार आरोपमा बाबु पक्राउ

छोरी बलात्कार आरोपमा बाबु पक्राउ

मोरङ । विराटनगर महानगरपालिकामा एक बालिका आफ्नै बाबुद्वारा एक वर्षदेखि बलात्कृत भइरहेको घटना सार्वजनिक भएको छ । १४ वर्षीया छोरीमाथि बलात्कार गरिरहेका बाबुले डर, त्रास देखाउँदै धम्की दिएकाले घटना अहिलेसम्म ‘गुपचुप’ रहेको खुलेको छ। 

 

बालिका पढ्ने विद्यालयबाटै घटना सार्वजनिक भएपछि प्रहरी टोलीले शनिबार राति ३७ वर्षीय बाबुलाई घरबाटै पक्राउ गरेको हो। यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।  

बलात्कृत विराटनगर

विशेष