एमेजनले बेच्न बन्द गर्यो हिन्दु देवीदेवता भएका जुत्ता र ट्वाइलेट सिट कभर
एजेन्सी । अनलाइन सपिङ वेबसाइट अमेजनले हिन्दू देवी–देवताको फोटो भएको ट्वाइलेट सिट–कभर र टायल बच्न बन्द गरेको छ। यस्तो सामग्री बेचेपछि यसको भारतीय समाजिक संजालमा ठूलो विरोध भइरहेको थियो ।
एमेजनले गल्ती स्वीकार गर्दै उक्त सामग्रीहरू आफ्नो साइटबाट हटाएको जानकारी दिएको छ । भारतीय सामाजिक संजाल प्रयोगकर्ता माझ ‘ह्यासट्यग बोयकट–अमेजन(अमेजन वहिष्कार गरौं)’ ट्रेण्डमा रहेको थियो । अमेजनमा बेच्न राखिएका डोरमेटमा पनि भगवान् शिव र गणेशको तस्विर देखिन्छ । यी तस्विर बाहिर आएपछि मानिसहरुले अमेजन एपलाई हटाउनुका साथै अमेजनलाई बहिष्कार गर्न आह्वान गरेका छन्।
एमेजनले हिन्दू देवी–देवताको फोटो अंकित ट्वाइलेट कभर, जुत्ता र डोरमेटजस्ता सामग्री बेच्न राखेको प्रति योग गुरु बाबा रामदेवले पनि विरोध जनाएका छन् । पतञ्जलीका संस्थापक बाबा रामदेवले ट्वीट गर्दै सधैं भारतकै पूर्वज देवी देवताको मात्र किन अपमान हुन्छ भनेर प्रश्न गरेका थिए । उनले एमेजनले भारतको अपमान गरेको भन्दै ती सामग्री हटाएर मात्र नपुग्ने माफी माग्नुपर्ने माग गरेका छन् ।
एमेजन