नेपालमा मनसुन प्रवेश अर्को साता

नेपालमा मनसुन प्रवेश अर्को साता

काठमाडौं । उहिले उहिले असार लाग्दै गर्दा आकाशको बादल हेरेर किसान धानका बिउ राख्थे । तर अब मौसम हेर्ने चलन बदलिएको छ । मनसुन भित्रिनै लाग्दा नेपालका किसान आकाश हेरेर हैन, मौसम पूर्वानुमान हेरेर खेती लाउने तयारी गरिरहेका छन् । जल तथा मौसम विज्ञान विभाग महाशाखा अन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले यतिबेला हरेक तीन दिनको मौसम पूर्वानुमान गरिरहेको छ । तीनदिनको पूर्वानुमानलाई सात दिनमा बदलेर कृषि वातावरण विभागले किसान समक्ष कृषि मौसमका रूपमा पुर्याइरहेको छ । यसवर्षको मनसुनको जानकारी दिने तयारी विभागले गरिरहेको छ । 


नेपालमा मौसम भित्रिने दिनका हिसाबले जुन १० अर्थात् सोमबार हो । तर नेपालमा यसवर्ष एकहप्ता ढिला गरी मनसुन भित्रने मौसमविद्हरूको भनाइ छ । ‘मनसुन आउने क्रममा छ’ मौसमविद मन्जु बासीले भने, ‘मनसुनले भारतको केरला छोयो अब विस्तारै नेपाल भित्रनेछ ।’ मनसुन अघि सक्रिय बनेको प्रिमनसुनले भने आकाश छाडेको छैन । प्रिमनसुन र हिउँदे वर्षा पश्चिमी वायुको प्रभावले नेपालमा रहन्छ । तर मनसुन दक्षिणपूर्वी वायुले पश्चिमी वायुलाई विस्थापित गरेपछि मात्र नेपालमा सुरु हुन्छ । ‘अझ छ दिनजति लाग्छ नेपालमा मनसुन आउन,” अर्का मौसमविद् समिर श्रेष्ठले थपे, ‘सुरुमा झापा र मोरङ छुन्छ, त्यसपछि मध्यक्षेत्रमा मनसुन पस्छ ।’  

 

उनका अनुसार नेपालमा आउने मनसुनको सुरुवात भने अफ्रिकी क्षेत्रमा हुन्छ । अफ्रिकास्थित हिन्द महासागरमा मनसुन सिर्जना भएपछि सोमालिया हुँदै पूर्विदिशाबाट मालदिभ्स र श्रीलङ्का पुग्छ । त्यहाँबाट बंगालको खाडी हुँदै भारतको केरलाको बाटो यसवर्ष मनसुन नेपाल आउन लागेको श्रेष्ठले बताए । 

मौसम पूर्वानुमान

संम्बधित खबर

विशेष