बजेट : आफ्नो डम्फू , आफ्नै ताल

बजेट : आफ्नो डम्फू , आफ्नै ताल

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुलुकको आर्थिक अवस्था असन्तुलित भएको टिप्पणी गर्नुभएको छ । 

रिपोटर्स क्लब नेपालले काठमाडौंमा गरेको साक्षात्कारमा उहाँले बजेटले आर्थिक असन्तुलन ल्याउने बताउनुभयो । उहाले वर्षभरिको राजश्व आम्दानीले वर्षको खर्च धान्न सक्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।  

वर्तमान सरकारको यो एक वर्षको अवधिमा भएको क्रियाकलापले वैदेशिक लगानी आउने लक्षण नरहेको पनि उहाको भनाई छ ।  लोहनीले बजेटले मुलुकका मूल समस्यालाई सम्बोधन गर्न नसकेको आरोप लगाउनुभयो । सरकारले भ्रष्टाचारलाई शून्यमा झार्ने भनेर दाबी गरेपनि व्यवहारमा त्यो नदेखिएको लोहनीको निष्कर्ष छ । 

कांग्रेसका नेता डा. नारायण खड्काले सांसदहरुलाई छुट्याइएको ६ करोड रुपैयाँ स्वागतयोग्य भएको भन्दै यसलाई अझै बढाएर दश करोड पुर्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । खड्काले सामाजिक सुरक्षाको दायित्व बढी भएको भन्दै भेनेजुयलाको जस्तै अवस्था आउनसक्ने खतरा रहेको जिकिर गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता हरिबोल गजुरेलले यस वर्षको बजेट राम्रो आएको प्रतिक्रिया दिनुभयो । तर, बजेटले कृषि क्षेत्रलाई प्राथमिकता नदिएको उहाँको गुनासो छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी डा. प्रकाशचन्द्र लोहनी

संम्बधित खबर

विशेष