News

महासंघको आन्दोलन तेस्रो चरणमा, असार ३ देखि हस्ताक्षर संकलन थाल्ने

महासंघको आन्दोलन तेस्रो चरणमा, असार ३ देखि हस्ताक्षर संकलन थाल्ने


काठमाडौँ । मिडिया काउन्सिल विधेयक फिर्ताको माग गर्दै यसविरुद्ध आन्दोलन थालेको नेपाल पत्रकार महासंघले असार ३ देखि ३० गतेसम्मका लागि तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।  सरोकारवालाहरुसँग छलफल गर्दै असार ३ देखि ३० गतेसम्म तेस्रो चरणको आन्दोलन घोषणा गरेको  महासंघले जनाएको छ ।

 

आन्दोलनका कार्यक्रम अन्तर्गत प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर अभियान, सिठठी जुलुस र सभा गर्नेसम्मका कार्यक्रम छन् । महासंघले असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर संकलन गर्ने, ६ गते उक्त हस्ताक्षर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाउने, १० गते मिडिया काउन्सिल विधेयकविरुद्ध कार्टुन प्रदर्शन गर्ने लगायतका कार्यक्रम छन् ।

 

त्यस्तै असार १५ गते सबै जिल्ला शाखाले आफ्नो क्षेत्रबाट निर्वाचित संघीय र प्रदेश सांसदलाई एसएमएस मार्फत सन्देश पठाएर ध्यानाकर्षण गर्ने, असार २० गते प्रेस स्वतन्त्रता सभा गर्ने, असार २५ गते दिउँसो १२ बजे लालटिन जुलुस निकाल्ने र असार ३० गते देशब्यापी सिठी जुलुस र सभा गर्ने महासचिव रमेश विष्टले बताउनुभयो । ‘सरकारले मिडिया काउन्सिल विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी रहन्छ । ’ विष्टले बताउनुभयो । 

 


त्यस्तै महासंघका कार्यवहाक अध्यक्ष दिलिप थापा मगरले विधेयकमा राखिएका प्रावधानले सञ्चार क्षेत्रको नियमन गर्ने नभई नियन्त्रण गर्ने प्रष्ट भएको भन्दै महासंघले यसलाई फितौ लिएर सरोकारवालासँग छलफल गरेर समस्या समाधान गर्न आग्रह गर्नुभयो ।


मिडिया काउन्सिल विधेयक नेपालको संविधानले ग्यारेन्टी गरेको  प्रेस स्वतन्त्रता र यसको विश्वव्यापी मान्यताविपरित हुनेगरी ल्याइएको भन्दै महासंघले चरणवद्ध आन्दोलन गर्दै आएको छ । 

विशेष