News

शीर्ष नेताहरुको आचरणले जनतामा निरासा : नेकपा नेता गजुरेल

शीर्ष नेताहरुको आचरणले जनतामा निरासा : नेकपा नेता गजुरेल

सत्तारुढ दलका नेताहरु नै सरकारका गतिविधिप्रति असन्तुष्ट देखिएका छन् । नेपाल कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले शीर्ष नेताहरुको आचरणमा परिवर्तन आउन नसकेका कारण जनतामा निरासा फैलिएको बताउनुभएको छ । 

रिपोर्टर्स क्लबको साक्षात्कारमा उहाँले नयाँ संविधानअनुसार नयाँ शासकीय प्रणालीको स्थापना गरिए पनि नेताको आचरण र शैलीमा नविनता महसूस गर्न नसकिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । 

सर्वसाधारणले नयाँ संविधान आएसंगै राजनीतिक दल र तिनका नेताको आचरण र शैलीमा पनि परिवर्तन खोजेको भएपनि नेताहरु पुरानै शैलीमा विकासको नारा मात्रै लगाएर अघि बढेपछि सर्वत्र निरासा फैलिएको उहाँको तर्क थियो ।

नेता गजुरेलले जनताको प्रत्यक्ष सरोकार रहने स्थानीयदेखि केन्द्रसम्मका सम्पूर्ण कार्यालयहरुको सेवा प्रवाहमा पनि नविनता ल्याउनुपर्नेमा जोड दिनुभयो ।

असन्तुष्ट नेताहरुको आचरण

विशेष