News

तातोपानी नाका बन्द जस्तै

तातोपानी नाका बन्द जस्तै

दोलखा । चीनसँगको पुरानो नाका तातोपानी भूकम्पछि बन्द भएर निकै तामझामका साथ २ साता अघि पुनः सञ्चालन भयो। ४९ महिनापछि निकै कसरतपछि सञ्चालनमा आएको नाकामा चारवटा कन्टेनरलाई रातो कार्पेट ओछ्याएर स्वागत गरियो। जेठ १७ गतेबाट सञ्चालन गर्ने सहमति भए पनि २ दिनअघि नै नाका सञ्चालनमा आएको थियो।

 

१२ दिनअघि सञ्चालनमा आएको नाका त्यसपछि बन्द जस्तै भएको छ । सञ्चालनमा आएको दुई साता वित्न लाग्दासमेत ती चारवटा कन्टेनर बाहेक न त चिनियाँ पक्षले अरु गाडीलाई प्रवेश दियो न त चिनियाँ गाडी नेपालतर्फ आएका छन्। नाका सञ्चालन नहुनुको खास कारण सडक नै हो।

 

०७२ को विनाशकारी भूकम्पले क्षति पुगेको अरनिको राजमार्गअन्तर्गत दोलालघाटदेखि कोदारीसम्मको ५९ किमी सडकको विभिन्न खण्डमा मर्मत तथा पहिरो रोकथामको काम अझै पूरा भएको छैन। यो समाचार कारोबार दैनिकबाट लिइएको हो । यो समाचार कारोबार दैनिकबाट लिइएको हो । 

तातोपानी नाका चीन

विशेष