चितवन रंगशाला विवाद समाधान

चितवन रंगशाला विवाद समाधान

चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको धर्मुस सुन्तली फाउन्डेशन र स्थानीयबीच सहमति भएको छ । 

सहमति लगतै भरतपुर महानगरको पहलमा स्थानीयबासीले भत्काएको बार उठाएका छन् ।  फाउन्डेशन र स्थानीय टोल सुधार समितिको सहमतिसँगै भरतपुर महानगरको अगुवाईमा जनप्रतिनिधि, स्थानीयबासी लगायतले भत्किएको बार उठाएका हुन् । 

घटनाले चितनवासीलाई दुःखी बनाएको भन्दै सहभागीहरुले आगामी दिनमा यस्ता गतिविधि नहुने गरी काम अघि बढाउन अपिल गरे । जेठ १५ गते विहानै रंगशाला निर्माण स्थलमा लगाएको बार स्थानीयबासीले डोजर लगाएर भत्काएका थिए । घटनामा संलग्न रहेको आरोपमा १७ जना पक्राउ परेका छन् भने फाउन्डेशनले सुरक्षा नभएको भन्दै काम रोकेको थियो । 

रंगशालाको पश्चिम क्षेत्रमा बाटोलाई लिएर विवाद भएको थियो । भरतपुर १६ र १७ का टोल सुधार समितिका प्रतिनिधि र धुर्मुस सुन्तली फाउन्डेशनबीच सडक निर्माणका बारेमा सहमति भएको छ । 
                      

गौतम बुद्ध रंगशाला निर्माण

संम्बधित खबर

विशेष