सरकार जनताका अधिकार खोस्न अग्रसर : सभापति देउवा

सरकार जनताका अधिकार खोस्न अग्रसर : सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताका अधिकार क्रमशः खोसिरहेको र निरंकुश बन्ने प्रयास गरिरहेको आरोप लगाउनु भएको छ । 

प्रेस काउन्सिल, न्यायपालिका, मानवअधिकार आयोग लगायतका स्वतन्त्र निकायलाई सरकारको नियन्त्रणमा राख्ने कानुन बनाएर सरकार निरंकुश बन्ने दुष्प्र्रयत्न गरिरहेको बताउनु भयो ।
 
नेपाली काँग्रेस रुपन्देहीको प्रथम सम्मेलनको शनिवार मधौलीयामा उदघाटन गर्दै सभापति देउवाले आफ्नो पार्टी पुर्ण लोकतान्त्रिक पद्धतिका विश्वास गर्ने पार्टी भएको र काँगे्रस कमजोर भएमा लोकतन्त्र कमजोर हुने बताउनु भयो । 

सभापति देउवाले भन्नुभयो– सरकारले अधिकार कुण्ठित गरेर लोकतन्त्रलाई कमजोर बनाउने प्रयास गरिरहेको छ । लोकतन्त्रलाई कमजोर बनाउने कुनै पनि काम काँग्रेसलाई मान्य हुँदैन, हाम्रो पार्टीले सहन सक्दैन ।

काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकारबाट जनताका अपेक्षा पुरा नहुने बताउनु भयो । नेका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले मुलुकको रक्षा, संविधानको संरक्षण र विकासका लागि लोकतान्त्रिक सरकार आवश्यक रहेको बताउनु भयो । 

कार्यक्रममा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य दीपक गिरी, प्रतिनिधिसभामा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह, प्रतिनिधिसभा सदस्य प्रमोद यादव, प्रदेश सभामा सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरी, महिला नेतृ वाला घिमिरे लगायतले बोलेका थिए । 
      
 

शेरबहादुर देउवा डा. शशांक कोइराला

संम्बधित खबर

विशेष