रखैलमा रमाउने ठूलाबडा

रखैलमा रमाउने ठूलाबडा

भूतपूर्व अमेरिकी राष्ट्रपति जोन अफ केनेडीको प्रख्यात अभिनेत्री तथा सुन्दरी मर्लिन मुनरोसंगको सम्बन्ध विवादास्पद र चाखलाग्दो छ । युवा केनेडी मुनरोसंग यति नजिक थिए कि उनले प्रत्येक क्षण आफ्नो साथ रहने न्यूक्लियर ब्रिफकेश  सहायकलाई सुम्पिएर अभिनेत्री मुनरोसंग मनोरञ्जन गरेर बसिरहन्थे । त्यो ब्रिफकेशमा परमाणु हातहतियार प्रयोग गर्ने बटनको कोड थियो । जुन बटन सानो गल्तीले अन गरिएमा सम्पूर्ण विश्व केही मिनेटमै ध्वस्त हुन सक्थ्यो ।  केनेडी–मुनरो सम्बन्ध अहिले पनि विश्वभर चर्चित छ । मुनरोको हत्या रहस्यमय ढंगले भएको थियो ।

 
अर्का भूतपूर्व राष्ट्रपति अब्राहम लिंकन आफ्ना सन्तानलाई अत्यन्त घृणा गर्थे । पत्नीसंगको व्यवहार अत्यन्त क्रूर हुन्थ्यो । उनी पत्नीबाट मुक्ति पाउन चाहन्थे । पाकिस्तानी भूतपूर्व प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोका दुई जीवित पत्नी हुँदाहुँदै उनको एक विधवासंग अनैतिक सम्बन्ध थियो । ती विधवा भुट्टो प्रधानमन्त्री हुँदा अति शक्तिशाली थिइन । मन्त्री तथा नेताहरुले उनको चाकरी नगरी पद सुरक्षित हँुदैनथ्यो । भुट्टोको ‘गुप्त विधवा’ रखैल भुट्टो शासनकालमा सत्ताको केन्द्रविन्दुमा थिइन् ।

 
छिमेकी भारतलाई अंग्रेजहरुको उपनिवेशबाट मुक्त पार्ने संघर्षको नेतृत्व गर्ने भारतका ‘राष्ट्रपिता’ महात्मा गान्धीको नग्न युवतीहरुसंग सुत्ने गर्थे । गान्धीको दृष्टिकोणमा नग्न युवतीहरुसंग सुतेर उनले आफ्नो ब्रम्हचर्य परीक्षण गर्दथे । जन्मदेखि नै अन्धा रहेका भारतीय लेखक वेद मेहताले गान्धीको बारेमा  भनेका छन– उनले नग्न केटीहरुसंग सुतेर आफ्नो ब्रम्हचर्यको परीक्षण गरे पनि उनीसंग सुत्ने केटीहरुमा त्यसको के असर पर्छ भन्ने सोच्दैनथे । 
भनिन्छ– भारतीय प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुको लर्ड माउण्टबेटनकी पत्नी लेडी माउण्टबेटनसंग गहिरो प्रेम सम्बन्ध थियो । देश विदेशमा औपचारिक कार्यक्रममा समेत नेहरु माउण्टबेटनसंग देखा पर्थे । दुवै सिगार खाँदै खिचेका तस्वीर अहिले पनि सामाजिक सञ्जालमा बाक्लै भेटिन्छ । भारतीय पत्रकार खुसवन्त सिंहले विगतमा नेहरुका प्रेमलीला बारे कृति नै प्रकाशित गरेका छन् । 


प्रसिद्ध कृति ‘गीताञ्जलि’ रचना गरी साहित्यमा नोबेल पुरस्कार पाएका भारतीय कवि रवीन्द्रनाथ टेगोर आफ्नै भाउजुसंग निक्कै आकर्षित थिए । भारतकै प्रसिद्ध सितारबादक रविशंकरले ६९ वर्षका उमेरमा ३९ वर्षीया महिलासंग विवाह गरे । भारतकै तमिलनाडु राज्यका पूर्व मुख्यमन्त्री तथा अभिनेता एमजी रामचन्द्रनले पत्नी हुँदाहुँदै अभिनेत्री जयललितासंग सम्बन्ध राखेका थिए । सिनेक्षेत्र त्यागेर राजनीतिमा प्रवेश गरेकी जयललिता कालान्तरमा तमिलनाडुकै मुख्यमन्त्री भएकी थिइन । 


विभिन्न विवाहित व्यक्तिहरुले गोप्य रखैल राख्ने गरेको सूचि निक्कै लामो बन्न सक्छ । विकसित देशरुमा केही सफल र सम्पन्न व्यक्ति आफ्नो पत्नीप्रति आकर्षित नभई अरुसंग सम्पर्क राख्दछन् । उनीहरु पहिलो पत्नीसंग सम्बन्ध विच्छेद गरी नयाँ दाम्पत्य जीवन शुरु गर्दछन् । पश्चिमा राष्ट्रमा यही कारण सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढ्दो छ । यो समस्या विकासशील र गरीब राष्ट्रहरुमा पनि त्यतिक्कै छ । गरीब, धनी दुवै समुदायमा यो समस्या तीब्र बढ्दो छ । आखिर पति किन आफ्ना पत्नीलाई खुशी राख्न सक्दैनन् ? किन अनैतिक सम्बन्ध यसरी फस्टाउँदै गएको छ ?


मनोवैज्ञानिक अध्ययन अनुसार कुनै पुरुष धनी भई जीवनमा सफल भएपछि उनीहरुको आफ्ना पत्नीसंगको आशा आकांक्षा बढ्दै जान्छ । उनीहरु पत्नीबाट खास सहयोगको अपेक्षा राख्दछन् । तर पत्नीले आफ्ना पतिको बढ्दो अपेक्षा पूरा गर्न नसकेपछि  त्यस्ता पुरुष अन्य महिलातर्फ आकर्षित हुन थाल्छन् । जसको परिणाम पहिलो पत्नीसंग सम्बन्ध विच्छेद र दोस्री पत्नीसंग सुमधुर प्रेम । त्यस्तै कुनै पुरुष जीवनका प्रत्येक क्षणमा सफल भएपछि अन्य युवती उसप्रति नजिक र आकर्षित हुँदै जान्छन् । त्यही घनिष्टताले गर्दा पुरुष–महिलाबीच स्थायी प्रेम सम्बन्ध स्थापना हुन्छ । 


त्यस्तै कुनै पत्नी आफ्नो पतिको प्रतिष्ठा र ख्यातिका सन्दर्भमा पतिसंग तालमेल राख्न असमर्थ भएपछि दुई बीचको सम्बन्ध बिग्रन्छ । पत्नी घरमै व्यस्त रहनुपर्ने हुँदा उनीहरु आफ्नो लोग्नेका कार्यक्रमहरुमा त्यति ध्यान दिन सक्दैनन् । पति घरबाहिर विभिन्न समारोहमा सक्रिय रहनुपर्दा तिनका सामु आउने महिलाको आकर्षण बढ्दै जान्छ । 


बेलायती राजकुमार चाल्र्स र राजकुमारी डायनाको सम्बन्ध बिग्रनु पछाडिको मनोवैज्ञानिक कारण पनि यही नै थियो । साधारण परिवारकी डायनालाई चाल्र्स विवाह गरेर साम्राज्ञी त बनाए तर त्यो आकांक्षाअनुसारको व्यवहार डायनाबाट सम्भव भएन । फलस्वरुप डायनाको परपुरुष र चाल्र्सको परस्त्रीसंगको सम्बन्धले चर्चा पाउन थाल्यो ।

 
अग्निमा सातफन्को लगाएर विवाह गर्दैमा नरनारीको सम्बन्ध चीरस्थायी हुन्छ भन्ने हैन । पति पत्नीको साइनो सफल हुन आत्मसम्मान र सम्बन्धको सन्तुलन निक्कै महत्वपूर्ण हुन्छ । समान इज्जत, समान अवसर सुमधुर सम्बन्धका सर्त हुन् । यसर्थ एउटा रथको समान पांग्रा बन्ने हो भने यो तथ्य आत्मसात् गर्न जरुरी छ । 

राष्ट्रपति जोन अफ केनेडी रवीन्द्रनाथ टेगोर

संम्बधित खबर

विशेष