माइतीघर धरपकडको जिम्मेवारी सरकार लिन्छ : गृहमन्त्री
सरकारले आइतबार माइतीघर मण्डलामा भएको धरपकडको नैतिक जिम्मेवारी लिने बाचा गरेको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री थापाले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नागरिकको अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।
‘प्रर्दशनकारीले सार्वजनिक आवागमनलाई अवरोध गरेकाले प्रहरीले सामान्य बल प्रयोग गरेको हो । पानीको फोहरा प्रयोग गरेर नियन्त्रण गर्न खोज्दा पनि भीड सडकमै रहेकाले सामान्य बल प्रयोग गरी चार जना प्रदर्शनकारी नियन्त्रणमा लिएपनि सोही दिन साँझ नै छोडिएको थियो ।’ गृहमन्त्रीले भन्नुभयो– ‘सडक अवरुद्ध गर्नु लोकतान्त्रिक अधिकार र प्रहरीमाथि ढुङ्गा हान्नु शान्तिपूर्ण हुँदैन् । जनताको शान्तिपूर्ण विरोध गर्न पाउने अधिकारलाई सरकारले हनन गर्ने छैन् ।’
गृहमन्त्रीको जवाफपछि कांग्रेस प्रमुख सचेतक बालृकष्ण खाँड, सत्तारुढ पार्टीका सांसद राजेन्द्र श्रेष्ठ र कांग्रेस सांसद राजेन्द्र केसीले प्रहरीले अनावश्यक बल प्रयोग गर्दै टाउकोमा किन हानेको भन्ने प्रश्न गर्नुभयो ।