News

श्रीमान‍्सँग मनमुटावपछि अविवाहित हुँ भन्दै युवतीले बनाइन् अर्को नागरिकता

वडाध्यक्षकै सिफारिसमा दोहोरो नागरिकता

श्रीमान‍्सँग मनमुटावपछि अविवाहित हुँ भन्दै युवतीले बनाइन् अर्को नागरिकता

उदयपुर : उदयपुरकी धनमाया राईले फरक फरक जिल्लाबाट दोहोरो नागरिकता बनाएकी छिन् । पहिले पतिको नामबाट सिन्धुलीमा नागरिकता बनाएकी उनले पछि उदयपुरबाट अविवाहित नागरिकता बनाएकी हुन् ।

कटारी नगरपालिका–४ का वडाध्यक्ष कृष्णराज दनुवारको सिफारिसमा धनमायाले माइती पक्षबाट अविवाहितको नागरिकता लिएको खुलेको छ । दोहोरो नागरिकता बनाउँदा उनले आफ्नो परिचयसमेत फेरेकी छिन् । दर्वजित राई र मनसरी राईकी छोरी धनमायाको जन्म ४ वैशाख ०५२ मा भएको नागरिकतामा उल्लेख छ ।

 श्रीमान्सँग मनमुटावपछि अविवाहित नागरिकता 

धनमायाको ०६७ मा जातीय परम्पराअनुसार सिन्धुली दुधौलीका प्रकाश राईसँग विवाह भएको थियो । विवाह भएको दुई वर्षपछि हालको दुधौली नगरपालिका साबिकको ककुर ठाकुर गाविसमा विवाह दर्ता भएको थियो । विवाह दर्ताअनुसार श्रीमान्को नामबाट नागरिकता लिएकी थिइन् ।

सिन्धुली जिल्ला प्रशासन कार्यालयबाट २३ माघ ०६९ मा पतिको नाममा लिएको २०/०१ र ६९ र ०३३७५ नम्बर भएको नागरिकतामा धनमाया राई नाम उल्लिखित छ ।

परिचय फेरेर नक्कली नागरिकता

कटारी–४ गबुवा घर भएकी धनमायाले इलाका प्रशासन कार्यालयबाट शीतल राईको नामबाट दोहोरो नागरिकता लिएको खुलेको हो । उनलाई अविवाहित नागरिकता बनाउन कटारी नगरपालिका–४ का वडाध्यक्ष कृष्णराज दनुवारले सिफारिस गरेका छन् ।  

वडाध्यक्ष दनुवारले धनमायालाई शीतल राईको नामबाट नागरिकता दिन जन्ममिति सिफारिससमेत गरेका थिए । जन्ममिति सिफारिस गर्न सर्जमिन मुचुल्का गर्नुपर्ने भए पनि दनुवारले आफैँले सिफारिस गरिदिएको पाइएको छ । इलाका प्रशासन कार्यालय कटारीबाट शीतल राईको नाममा लिएको १४/०२/७४/०१४१२ नम्बरको नागरिकता उनले हाल प्रयोग गर्दै आएकी छिन् । यो खबर आजको नयाँ पत्रिकाबाट लिइएको हो। 

दोहोरो नागरिकता

विशेष