News

पेट्रोलियम पाइपलाइनमा ठेकेदारले लगाए स्काभेटर

पेट्रोलियम पाइपलाइनमा ठेकेदारले लगाए स्काभेटर

वीरगन्जः वीरगन्जमा निर्माण भइरहेको पेट्रोलियम पाइपलाइनमा ठेकेदारले स्काभेटर लगाएका छन् । विरगन्ज व्यापारिक सडक सुधार आयोजनाअन्तर्गत सडक विस्तारका क्रममा सपना निर्माण सेवाले सोमबार डोजर लगाएको हो । उक्त सडक खन्दा पाइप लाइनसँगै अप्टिकल फाइबरमा क्षति पुगेको हो ।

 

आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार करिब ६ देखि ७ मिटरमा क्षति पुगेको छ । ‘यो सोमबारको घटना हो । एक महिनाअघि अप्टिकल फाइबर काटिएको थिाये । अहिले पुनः सडक विस्तार भन्दै पाइप लाइनमा क्षति पुगेको छ ।’ पौडेलले भने, ‘स्काभेटर लगाउँदा करिब ७ मिटर अप्टिकल फाइबरमा पुन क्षति भएको छ ।’ यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

वीरगन्ज पेट्रोलियम पाइपलाइन

विशेष