News

लोकसेवाको विज्ञापनले संघ र प्रदेशबीच विवाद चुलियो

लोकसेवाको विज्ञापनले संघ र प्रदेशबीच विवाद चुलियो

काठमाडौं । लोकसेवा आयोगले देशैभरका स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापनलाई लिएर प्रदेश सरकारको असन्तुष्टि देखिएको छ।  प्रदेश २ ले लोकसेवाले लागेको भर्ना प्रक्रिया संविधानविपरीत भनेको छ।

आयोगले बुधबार देशैभरका ५१५ स्थानीय तहका लागि ९ हजार १६१ पदमा भर्ना खोलेको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश लोकसेवा आयोग नबनेको बहाना देखाएर केन्द्रले हस्तक्षेप गरेको आरोप लगाएको छ। प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रेश लोकसेवा गठन तयारी भइरहेका बेला हतारहतार केन्द्रबाटै विज्ञापन गरिनु उचित नदेखिएको बताए। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

लोकसेवा आयोग

विशेष