News

धर्म मास्ने नियतले विदेशीको इशारामा गुठी विधेयकः शिवसेना 

धर्म मास्ने नियतले विदेशीको इशारामा गुठी विधेयकः शिवसेना 

काठमाडौं । नेपाली मौलिक संस्कृति र हिन्दुत्वको एक आधारका रुपमा रहेको सदियौं पुरानो गुठी परम्परा मास्ने गरी सरकारले प्रस्तुत गरेको गुठी विधेयक मान्य नहुने शिवसेना नेपालले जनाएकोछ । 

 

शिवसेनाका अध्यक्ष अनिल बस्नेत बाबाले बिहीबार एक ऐक्यबद्धता पत्र सार्वजनिक गर्दै गुठी विधेयकको विरुद्ध आन्दोलन गरिरहेका तमाम धर्म, संस्कृति, राष्ट्रवादी शक्तिहरुको कार्यक्रम सहि रहेको निष्कर्ष निकालेका छन् । 

 

‘राजा र जनता भन्नु नै सही अर्थमा राष्ट्र हो’ भन्ने मान्यता राख्ने शिवसेनाले आफ्नो ऐक्यबद्धता पत्रमा  लेखेको छ, ‘विदेशीको इशारामा हाम्रो पहिचान, संस्कार, संस्कृति र धर्म मास्ने कार्य नेपालका केही दलालहरु मार्फत गरेको कारणले आज यो अवस्थामा हामी नेपालीलाई पुर्याइएको छ ।’

 

गुठी विधेयक फिर्ताको माग गर्दै संघर्षरत राष्ट्रिय पहिचान संयुक्त संघर्ष समितिलाई राजनीतिक भन्दामाथि उठेर धर्मनीतिभित्र रहेर हाम्रो सम्पूर्ण साथ सहयोग यस गुठी रक्षार्थी कार्यमा शिव सैनिकहरुद्वारा दृश्य र अदृश्य दुवै रुपमा रहने गरी पूर्णसहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछौं भनिएको छ । 

 

 

विशेष