गुठीको व्यवस्थापका लागि विधेयक : सरकारका प्रवक्ता
काठमाडौँ । सरकारले गुठी र यससम्बन्धी क्षेत्रलाई व्यवस्थित गर्न गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक ल्याएको स्पष्ट पारेको छ । जेष्ठ २३ गते बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न बिहिबार सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले गुठी प्रथा पनि बेखारी, हलिया, कमलरी जस्तै रहेको बताउँदै सरकारले यसलाई व्यवस्थित गर्नुपर्ने महसुस गरेको बताउनुभयो ।
उहाँले गुठीका सम्बन्धमा उपत्यका र बाहिरलाई फरक दृष्टिले हेर्नुपर्ने पनि बताउनुभयो । प्रवक्ता बास्कोटाले केहि गुठीहरुको परिवर्तन जरुरी रहेको पनि उल्लेख गर्नुभयो । आमूल परिवर्तन भएन भन्ने तर परिवर्तन गर्न नदिने गरेको समेत गुनासो गर्नुभयो । त्यस्तै उहाले सांस्कृतिक पक्षमा कुनै हस्तक्षेप नगरी सुधार गर्न सरकार अघि बढेको स्पष्ट पार्नुभयो ।
बास्कोटाले लोकसेवाको विज्ञापन रद्द गर्ने निर्णय राज्य व्यवस्था समितिले संविधान र कानुन नै नपढी गरेको बताउनुभयो । आफूले पनि मिडिया काउन्सिल विधेयकमा आत्मसमीक्षा गरिरहेको बताउँदै बास्कोटाले समितिले पनि कहिलेकाहीँ आत्मसमीक्षा गर्नुपर्ने उल्लेख गर्नुभयो ।