News

अब १२ कक्षापछि मात्र विदेशमा पढ्न पाइने

अब १२ कक्षापछि मात्र विदेशमा पढ्न पाइने

काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ पास गरेका विद्यार्थीलाई मात्र विदेशमा पढ्न जान अनुमति दिने भएको छ । एसईई गरेलगत्तै विद्यार्थी जापान, अष्ट्रेलिया, अमेरिका जाने क्रम बढेपछि मन्त्रालयले यस्तो व्यवस्था ल्याएको हो ।

 

‘उच्चशिक्षा पढ्न जाने विद्यार्थीलाई मात्र नो अब्जेक्स्न लेटर दिने दिने निर्णय गरिएकोे’ मन्त्रालयले वैदेशकि अध्ययन अनुमतिपत्र शाखाका उपसचिव महेश्वर शर्माले बताए । १२ पास नगरी विद्यालय तहसरहको डिप्लोमा पढ्न जाने विद्यार्थीलाई अनुमति नदिइने उनले जनाए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

विदेश शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

विशेष