News

धनुषाधाम नगरपालिकामा प्रेसर कुकर बम विस्फोट

धनुषाधाम नगरपालिकामा प्रेसर कुकर बम विस्फोट

धनुषा : धनुषाको धनुषाधाम नगरपालिका परिसरमा बुधबार राति अज्ञात समूहले बम विस्फोट गराएको छ। बुधवारमध्य रातमा भएको बम विस्फोटबाट कार्यालयको पर्खाल भत्केको जिल्ला प्रहरी कार्यालय धुनषाले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी सेखर खनालका अनुसार विस्फोट कसले र किन गराएको भन्ने विषयमा खुल्न सकेको छैन ।  यस विषयमा अनुसन्धान सुरु गरिसकेको उनले जानकारी दिए ।

उनका अनुसार विस्फोटबाट कार्यालयमा सामान्य क्षति पुगेको छ । कार्यालयमा कोही पनि नभएको अस्थामा बम विस्फोट गराएकाले मानवीय क्षति भने भएको छैन ।

कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय धनुषाधामका इन्सपेक्टर हिरणकुमार यादवले जानकारी दिए। बम विस्फोटको जिम्मा पनि अहिले सम्म कसैले पनि नलिएको प्रहरीले जनाएको छ। उक्त घटनापछि प्रहरीले उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको छ।

प्रेसर कुकर बम

विशेष