मोटरसाइकल दुर्घटनामा वडा सदस्यको मृत्यु, अध्यक्ष घाइते

बझाङ । बझाङमा जनप्रतिनिधि चढेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–७ मा से १ ब ११७७ नम्बरको मोटरसाइकल पल्टिँदा वडाका सदस्य नरेश महरको मृत्यु भएको हो ।
मोटरसाइकलमा पछाडि सवार वडाध्यक्ष हरिचन्द्र जोशी गम्भीर घाइते भएका छन् । घाइते अध्यक्षलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ । महरको जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बझाङ मोटरसाइकल दुर्घटना