News

गुठी विधेयकविरुद्ध उभिन विश्व हिन्दु महासंघको अपिल 

गुठी विधेयकविरुद्ध उभिन विश्व हिन्दु महासंघको अपिल 

काठमाडौं ।  गुठी सम्बन्धी कानुनलाई व्यवस्थित गर्न सरकारले ल्याएको गुठी विधेयकले सनातन धर्म, संस्कृति, सम्पदा र परम्परागत मूल्य र मान्यतालाई प्रहार गर्ने भन्दै सो विधेयकविरुद्ध एकबद्ध हुन विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियले अपिल गरेको छ । 

 

महासंघका महासचिव अस्मिता भण्डारीद्वारा बिहिबार जारी प्रेस विज्ञप्तिमा गुठी विधेयक संविधानको मर्मविपरीत आएको दावी गरिएको छ । 

 

परम्परादेखि चलिआएको धर्म,संस्कृति, मौलिक पहिचान र सम्पदाका संरक्षण, विकासका लागि गुठी प्रणालीको महत्व रहेको महासंघले ठहर गरेको छ । गुठी परम्परालाई जोगाउन हरेक व्यक्तिले प्रयास गर्नुपर्नेमा महासंघले जोड दिएको छ । 

विशेष