News अर्थ

भारतसँग लिइने ऋण अब रेल र सडकमा खर्च गरिने 

भारतसँग लिइने ऋण अब रेल र सडकमा खर्च गरिने 

काठमाडौं । भारतले भूकम्पपछिको पूननिर्माणका लागि नेपाललाई दिने घोषणा गरेर पनि परिचालन हुन नसकेको ७५ करोड डलर सहुलियतपूर्ण ऋणको ठूलो अंश रेल र सडक पूर्वाधारमा खर्च गरिने भएको छ । 

 

दुई साताअघि नयाँदिल्लीमा सम्पन्न नेपाल र भारतका उच्च अधिकारीहरुबीच ऋण सहुलियतको कार्ययोजना समीक्षा बैठकमा उक्त रकम पुननिर्माणबाहेकको क्षेत्रमा खर्च गर्ने समझदारी जुटेको हो ।

 

बैठकमा सहभागी एक नेपाली उच्च अधिकारीका अनुसार पुननिर्माणअन्तर्गतका परियोजनाको प्रकृति र एक्जिम बैकको सर्तहरुका कारण ऋण प्रयोग गर्न कठिन भएको थियो ।

 


कान्तिपुर दैनिकबाट 
 

विशेष