News

लोकसेवाको विज्ञापन रोकिए १० लाख युवा डिप्रेशनको सिकार हुने 

लोकसेवाको विज्ञापन रोकिए १० लाख युवा डिप्रेशनको सिकार हुने 


काठमाडौँ । लोक सेवा तयारी विद्यार्थी संघर्ष समितिले लोकसेवा आयोगले निकालेको विज्ञापन रोकिए १० लाख युवा डिप्रेशनको शिकार हुने भन्दै विज्ञापन रोके आन्दोलन थाल्ने चेतावनी दिएको छ । आज रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै समितिले ८७ हजार विद्यार्थीको भविष्यमाथि खेलवाड गरिए कडा आन्दोलन गर्ने चेतावनी दिएको हो । 

 


लोक सेवा तयारी विद्यार्थी संघर्ष समितिका संयोजक मंगल थापाले राजनीतिक स्वार्थका लागि लाखौंको भविष्य बर्बाद पार्ने चलखेल विगत देखि नै हुँदै आएकाले यसपटक चुप नलाग्ने बताउनुभयो । देशभरबाट आन्दोलन शुरु गरिने तयारी भइसकेकाले तत्काल विज्ञापन रोक्ने निर्देशन फिर्ता लिन आग्रह समेत गर्नुभयो ।

 

योग्यता र क्षमतालाई पन्छाएर चाटुकारहरुलाई भर्ती गर्ने नियतका साथ विज्ञापन रोक्न खोजिएकाले आम युवा विद्यार्थीहरु सडक संघर्षमा ओर्लनसक्ने अवस्था आउन लागेको उहाँको भनाइ छ । 


अभियन्ता पदमबहादुर खत्रीले आफूहरु समावेशी व्यवस्थाको विरोधी नभएको तर समावेशीको नाममा युवाको भविष्य अन्धकार बनाउन खोजिएको आरोप लगाउनुभयो । 

विशेष