News

विप्लवका कार्यकर्ताले दुरबिन लुटे

विप्लवका कार्यकर्ताले दुरबिन लुटे

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोलीको साथबाट लुटेर दुरबिन कब्जा गरेका छन् ।

 

सगरमाथाको उचाइ नाप्न छनोट गरिएका १२ वटा ‘प्वाइन्ट’ (विन्दु) मध्ये खोटाङलौरेडाँडामा पुगेका सरकारी अधिकारीबाट खोसेर विप्लवका कार्यकर्ताले बाइनाकुलर (दुरबिन) कब्जामा लिएका हुन् ।

 

जेठ ७ गते लौरेडाँडा पुगेका सरकारी अधिकारीबाट विप्लवका कार्यकर्ताले दुरबिन लुटेको खबर पाएपछि प्रहरीले त्यस क्षेत्रमा खोटाङ र सोलुखुम्बुबाट सुरक्षाकर्मी खटाएको थियो । यो समाचार आजको नागरिक दैनिकबाट लिइएको हो।

विप्लव

विशेष