नेता पौडेललाई श्रद्धाञ्जलि दिन नेकपा अध्यक्ष दाहाल चितवन जाने

नेता पौडेललाई श्रद्धाञ्जलि दिन नेकपा अध्यक्ष दाहाल चितवन जाने

काठमाडौं : पूर्वशिक्षामन्त्री धनीराम (डिआर) पौडेलको शुक्रबार बिहान निधन भएको छ । उनको हृदयाघातका कारण माडीमा निधन भएको हो ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे उनको निधन भएको हो । माडी नगरपालिका–५ रमाइलोडाँडास्थित आफ्नै निवासमा हृदयाघात भएपछि बिहान ७ बजे माडीस्थित बघौडा अस्पतालमा ल्याइएको थियो ।

 

अस्पतालका चिकित्सकले निधन भएको जानकारी दिएका हुन् । पौडेल संविधानसभाको सदस्य थिए । पार्टीका केन्द्रीय सदस्य पौडेल तत्कालीन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्षसमेत हुन् । पौडेल लेखक एवं पूर्वपत्रकार पनि हुन् । उनका श्रीमती गङ्गा वेलवासे पनि पार्टीको केन्द्रीय सदस्य छन् । उनका दुई छोरी छन् ।

 

पौडेलको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपाका नेताहरु जाने कार्यक्रम रहेको जिल्ला अध्यक्ष परियारले जानकारी दिए । उनको शव बघौडा अस्पतालमा रहेको छ ।

 

नेता पौडेलको निधनप्रति दाहालले दुःख व्यक्त सामाजिक सञ्जाल फेसबुकमार्फत हार्दिक श्रद्धाञ्जली दिएका छन्। त्यस्तै नेकपाका नेता जनार्दन शर्माले पनि उनको निधनप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्।

धनिराम पौडेल पुष्पकमल दाहाल ‘प्रचण्ड’

संम्बधित खबर

विशेष