News

जेसिबीले अटोलाई ठक्कर दिँदा ३ को मृत्यु, ५ घाइते

जेसिबीले अटोलाई ठक्कर दिँदा ३ को मृत्यु, ५ घाइते

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकामा जेसीबीले अटोरिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

शुक्रबार बिहान सात बजेतिर से १ त ७३३ नंको जेसिबीले ठक्कर दिँदा मे १ घ ७६३ नंम्बरको को अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टले जानकारी दिए।

मृतकमध्ये बझाङको देहमाण्डौंका २८ वर्षीय किसन बोहराको पहिचान खुलेको र बाँकी दुई जनाको पहिचान खुल्न बाँकी रहेको उनले बताए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि भारत पठाइएको प्रहरी नायब निरीक्षक बिष्टले बताए। बाँकी चार जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।

दुर्घटना

विशेष