News

गुठी विधेयकमा जाग्यो संसदीय समिति : विज्ञहरुसँग सामूहिक छलफल गर्ने 

गुठी विधेयकमा जाग्यो संसदीय समिति : विज्ञहरुसँग सामूहिक छलफल गर्ने 

 


काठमाडौँ । संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञहरुसँग सामूहिक छलफल गर्ने भएको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले गुठी विधेयकका सम्बन्धमा विज्ञहरुसँग सामूहिक छलफल गर्ने निर्णय गरेको हो । यसबारे समितिले विज्ञहरु केशव बडाल, कृष्ण पौडेल, जगत बस्नेत, जगत देउजा, महेन्द्र श्रेष्ठ, जनकराज जोशी र प्रकाश जोशीसँग छलफल गर्ने भएको छ ।

 

गुठी विधेयकबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले विरोध  जनाइरहेका छन् । विधेयक फिर्ता लिन राजनीतिक दलहरुले दबाब दिइरहेका बेला यसबारे थप तथ्य सार्वजनिक गर्न विज्ञहरुसँग छलफल गर्न लागिएको समिति सभापति पूर्णकुमारी सुबेदीले जानकारी दिनुभयो ।   


समितिले भूमिसम्बन्धि आठौँ संशोधन विधेयकबारे पनि छलफल गर्ने भएको छ । यसबारे छलफलका लागि असार १ गते आइतबारको दिन बिहान बस्ने बैठक बस्ने तय भएको समितिले सभापति सुबेदीले जनाउनुभयो । त्यस्तै वातावरण संरक्षण विधेयकबारे पनि छलफल गरिने भएको छ । यसका लागि असार २ गते सोमबार अपरान्ह ३ बजे कार्यतालिका तय गरिएको सभापति सुबेदीले बताउनुभयो ।

 

समितिले यी विधेयकका साथै वनसम्बन्धी विधेयकका लागि पनि छलफल गर्ने भएको छ ।  समितिमा पेश भएका यी तीन वटा विधेयकबारेको छलफल आगामी साता भित्र सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको पनि समिति सभापति सुवेदीले बताउनु भयो । 

विशेष