बजेटले देशमा वित्तिय संकट ल्याउने महतको दाबी
चितवन । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा रामशरण महतले एक तिहाइ हिस्सा ऋणका आधारमा रकम जम्मा गर्नेगरी ल्याइएको बजेटले देशमा वित्तीय सङ्कट ल्याउने दाबी गर्नुभएको छ । ऋण लिएर बजेटको कृत्रिम रुपमा बजेटको आकार ठूलो बनाइएको बताउनुभयो ।
चितवनमा पत्रकारसँगको कुराकानीमा पूर्वअर्थमन्त्री महतले भन्नुभयो –‘‘जिडिपिको करीब १५ प्रतिशत एक वर्षमा ऋण लिन सरकारले प्रस्ताव गरेको छ यसले देशमा वित्तीय सङ्कट ल्याउँछ । महँगी बढाउँछ ।”
नेता महतले सरकारले प्रेस स्वतन्त्रता माथि हस्तक्षेप गर्ने प्रयास गरिरहेको आरोप लगाउनुभयो । –‘मिडिया काउिन्सल विधेयकमा काँग्रेसले विरोध गर्छ, जुन रुपमा विधेयक आएको छ, त्यही रुपमा यो विधेयक पास हुन काँग्रेसले दिँदैन् । गुठी विधेयकमा पनि हाम्रो शसक्त विरोध छ ।’ नेता महतको भनाइ थियो ।
महतले पार्टी भित्र आन्तरिक सुधारको जरुरी रहेको बताउनुभयो । निर्वाचनमा काँग्रेस पराजित हुनु आन्तरिक कारणले नै रहेकाले तल्लो तहदेखि माथिल्लो तहसम्म आत्मसमीक्षा गर्नु जरुरी रहेको बताउनुभयो ।