News

पूर्वमन्त्रीलाई श्रद्धाञ्जली दिन नेकपामा शीर्ष नेता चितवनमा

पूर्वमन्त्रीलाई श्रद्धाञ्जली दिन नेकपामा शीर्ष नेता चितवनमा


चितवन । नेकपाका शीर्ष नेताहरुले हृदयघातका कारण निधन भएका स्वर्गीय पूर्व शिक्षामन्त्री धनीराम (डीआर) पौडेलको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षा मन्त्री गिरिजमणी पोखरेल, नेताहरु वामदेव गौतम, देव गुरुङ, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।  


पौडेलको आज विहान ७ बजे हृदयघातबाट निधन भएको थियो । नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रहँदा पौडेल शिक्षामन्त्री हुनुहुन्थ्यो । उहाँको दुई छोरी र श्रीमती हुनुहन्छ । 
 

विशेष