जंगली च्याउ खाएर मर्नेको संख्या ६ पुग्यो, ४ जना एकाघरका दिदीबहिनी

जंगली च्याउ खाएर मर्नेको संख्या ६ पुग्यो, ४ जना एकाघरका दिदीबहिनी

च्याउ खाएर विरामी परेका पाल्पाका ११ जना मध्ये हालसम्म ६ जनाको ज्यान गएको छ । उपचारको क्रममा काठमाडौंको शिक्षण अस्पतालमा थप तीन जनाको निधन भएसंगै मृतकको संख्या बढेको हो ।

विहिवार उपचार क्रममा पाल्पाको निस्दी गाउँपालिका ३ झिरुवासको सार्की डाँडा निवासी ४८ बर्षीय पूर्णसिंह खाम्चा मगर, १२ बर्षीया निसासिंह ठकुरी, ६ बर्षीय सुमन सिंह ठकुरीको निधन भएको हो ।

निसा र सुमन कान्छा बुवा र ठूलाबुवाका छोरा छोरी अर्थात दिदी भाइ हुन् ।

दुई दिनअघि १४ बर्षीया निरुतासिंह ठकुरीको सोही अस्पतालमा उपचार क्रममा निधन भएको थियो । ८ वर्षीया निर्मलासिंह ठकुरी र ४ वर्षीया विष्णु कुमारी ठकुरीको चितवन मेडिकल कलेजमा निधन भएको थियो ।

विषालु च्याउ खाएर ११ जना विरामी परेकोमा ९ जनाको कावासोती स्थित मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भई थप उपचारका लागि काठमाडौं लगिएको थियो । विरामीहरु मध्ये १ जना निको भएर घर फर्किएका छन् भने बाँकी ४ जनाको काठमाडौंमा उपचार भइरहेको छ । ४ जना मध्ये ३ जनाको अवस्था सुधारोन्मुख रहेको परिवारले जनाएको छ ।

मृतक ६ जना मध्ये निसा, निरुता, निर्मला र विष्णु एउटै परिवारका दिदी बहिनी हुन् ।


 

 

च्याउ ६ जनाको ज्यान

संम्बधित खबर

विशेष